


शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त




काठमाडौं । शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको असोज २६ गते बसेको बैठकको निर्णयले रिक्त रहेको उक्त पदमा मारुलाई नियुक्त गरेको हो ।
कम्पनीले साधारण समुहको तर्फबाट मारुलाई सञ्चालकमा नियुक्त गरेको छ । उनको ठेगाना विराटनगर महानगरपालिका वडा न २१ मा रहेको कम्पनीले जनाएको छ ।