


फिलिपिन्समा गयो ७.४ म्याग्निच्युडको भूकम्प




काठमाडौं । फिलिपिन्सको मिन्डानाओ केन्द्र भएर ७.४ म्याग्निच्युड भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
त्येस्तै, भूकम्प मिन्डानाओ टापुको पूर्वी भागमा, टापुको राजधानी दाभाओबाट करिब १२३ किलोमिटर टाढा र जमिनको सतहबाट ५८.१ किलोमिटर गहिराइमा गएको थियो । ठूलो क्षतिको विवरण प्राप्त भएको छैन ।
साथै, फिलिपिन्स सरकरले भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १ सय ५० जना घाइते भएका थिए ।