


पञ्चकन्या माई हाइड्रोपावरका क्षतिग्रस्त आयोजनाबाट विद्युत उत्पादन सुरु




काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ ।
केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि मर्मर सम्भार कार्य सम्पन्न भएपछि आज बिहानबाट विद्युत उत्पादन सुरु भएको कम्पनी सचिव प्रकाश विष्टले बताए ।
साथै, सोही कम्पनीको अप्पर माई जलविद्युत आयाजनाको पनि मर्मर सम्भार भइरहेको र आगामी दुई दिन भित्र प्लान्ट सञ्चालन गर्न सकिने बताईएको छ ।