


प्रिओपन सेसनमा बिहीबार नेप्से २६ अंकले बढ्यो




काठमाडौं । आज प्रिओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढेको छ। बुधबार ४५.३६ अंक घटेर २५५९.५९ विन्दुमा बन्द भएको थियो ।
आज नेप्से उक्त सेसनमा २६.१३ अंक बढेर २५८५.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.७८ अंक बढेको छ।
आज बिहीबार प्रिओपन सेसनमा १२१ स्टकको २८२ पटकको कारोबारमा १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँ २० पैसा बराबरको ३८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १०७ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ।