


जोशी हाइड्रोपावरको २ लाख कित्ता सेयर बिक्रीमा




काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित करिब २ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । त्यस्तो सेयर सर्वसाधारणले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री हुने भएको हो।
यता, सोही कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर आवेदकलाई बाँडफाँड गर्दा बाँकी बसेको सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको बेलामा सो सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ निर्धारण भएको जनाइएको छ।
त्यसरी नै बोलपत्र पेस गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा १० अंकले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिने तथा असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र बोलपत्र पेस गरिसक्नु जनाइएको हो।
साथै, बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको पाइने एवम् सोही प्रयोजनका लागिलक्ष्मी सनराइज बैंकको विराटनगर–हनुमान दास सडक, वीरगन्ज–आदर्शनगर, हेटौंडा, पोखरा–न्युरोड, बुटवल–मिलनचोक, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–लक्ष्मी नारायण चोकमा पनि पाइने जनाइएको हो ।