


बीमा कम्पनीहरु भुक्तानी दिन शतप्रतिशत सक्षम छन्,प्राधिकरणका कार्यकारी निर्देशक सुवेदी




काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बीमा कम्पनी (बीमक) हरु दाबी भुक्तानी दिन सक्षम रहेको बताउँछन् । उनै सुवेदीले बीमा कम्पनीहरुले जोखिमको बेलामा पैसा तिर्छु भनेरै बीमाशुल्क (प्रिमियम) उठाउने भएकाले क्षति परेको बेलामा (बीमांक) बीमा बापत पाउने पैसा दिन आनाकानी गर्न नहुने सुनाउँछन् ।
बीमा दर्पण डटकमसँगको कुराकानीमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक (ईडी) सुशिलदेव सुवेदीले भने,‘कुनै पनि बीमा कम्पनीहरुले बीमा दाबीको पैसा नदिने भन्ने त प्रश्न नै हुँदैन । उनीहरुलाई घाटा या नाफा होला त्यो अलग कुरा हो, भुक्तानी नदिईत सुखै हुँदैन । अब अर्को कुरा उनीहरुले त्यो सबै जोखिम एउटै बास्केटमा हालेका हुँदैनन् । आफूले बीमितबाट उठाएका जोखिमलाई विभिन्न पुनर्बीमा कम्पनीहरुमा सेग्रिगेट गरेर छरेका हुन्छन् । भनाईको मतलब बीमा दाबी भुक्तानी बरु सकेसम्म छिटो चाही दिनुपर्छ ।’
उनै कार्यकारी निर्देशक सुवेदीले थपे,‘व्यापारमा कहिले नाफा या घाटा हुनु सामान्य कुरा हो । कहिले अपेक्षा भन्दा बढी लाभ होला कहिले अपेक्षा भन्दा भन्दा कम लाभ होला त्यो बेग्लै पाटो हो । अहिले बीमा कम्पनीहरुका विभिन्न कोष छन् । महाविपत्ती कोष छ, टोटल रिजर्भ नै त्यही अनुसार तय गरियको हुन्छ । त्यसैले त बीमा अरु प्रकृतिका व्यवसाय भन्दा निकै भिन्न र पृथक पनि छ ।’
दाबी भुक्तानी तुरुन्तै दिनुपर्छ :
नेपाल बीमा प्राधिकरणकोतर्फबाट आफूहरुले एउटा नियामकले गर्ने कुनै पनि किसिमका सहजिकरणका लागि तयार रहेको सुनाउँदै उनै सुवेदीले विपत्तको बेलामा दाबी भुक्तानी दिने बीमा कम्पनीहरु जनतामाझ छ्टिटै पहिचान हुने समेत बताए ।
विश्वमा नै बीमा विश्वासको आधारमा चल्ने आयश व्यक्त गरेका उनले क्षती पछि बीमा कम्पनीहरु अनुपस्थित हुने नभई बरु अहिले नेपाली बीमा कम्पनीहरु शतप्रतिशत भुक्तानीका लागि तयार रहेकोमा जोड दिए ।
अझ पछिल्लो समय रुसुवामा गएको बाढीको क्षती, जेन्जी आन्दोलनबाट सिर्जना भएको क्षती र अहिलेको बाढी पहिरोको क्षतीको कुरा गर्दा सुवेदीले यो निकै सानो क्लेम रहेको समेत खुलासा गरे ।
उनले हालसम्म त्यस्तो भवायह रुपमा बीमा कम्पनीहरुले धान्नै नसक्ने गरी कुनै पनि क्लेम नपरेको र बीमा कम्पनीले पैसा दिने कुरामा कसैले कुनै पनि शंका नगर्न समेत सुझाव दिएका छन् ।
अहिलेका बीमा कम्पनीहरु हन्ड्रेड परसेन्ट बीमाको दाबी भुक्तानी दिन तम्तयार भएर बसेको अवस्था छ, यसले बीमा कम्पनीलाई पनि त्यस्तो घाटा पर्दैन भन्ने उनको आशय छ ।