


यस्तो छ दसैंको टीकाको साइत




काठमाडौं । आज विजया दशमी पर्व मनाइदै छ ।
आज नवदुर्गाको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज मान्यजनको हातबाट रातो टीका एवं जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । टिका लगाउनेले पुर्व फर्केर टिका लगाउने समतिले जनाएको छ ।
विजया दशमीमा शुभ साइत भएकाले आज टीका लगाउन साइत खोज्नु पर्दैन । आज बिहान ९ बजेर २३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
१२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा र दिउसो १ बजे १७ मिनेटमा स्थिरासन खड्गयात्राको शुभसाइत रहेको छ ।