


जेन्जी आन्दोलनमा भएको दाबी भुक्तानीमा यूनाईटेड अजोड इन्स्योरेन्सको अग्रसरता




काठमाडौं । केही समय अघि राजधानी लगायत मुलुकको विभिन्न स्थानमा जेन्जी समूहले सुरु गरेको आन्दोलनको क्रममा भएको क्षतीको कारण मुख्यतया निर्जीवन बीमा कम्पनीहरुमा दाबी सम्बन्धि दायित्वमा थप वृद्धि हुन गएको छ ।
नेपालमा विगतमा २०७२ सालको महाभुकम्पबाट हुन पुगेको क्षती पछाडी जेन्जी आन्दोलनमा भएको क्षतीलाई क्षतीको ठूलो रुपम लिन सकिन्छ । सोही आन्दोलनको क्रममा भएको ठूलो धन सम्पत्तिको क्षतीका कारण समस्यामा परेका बीमितहरुलाई आफ्नो पूर्ववत अवस्थामा यथासक्य चाडो पुर्याउनका लागि विशेष ध्यान दिदै दाबी छिटो भुक्तानीका लागि यूनाइटेड अजोड इन्स्योरेन्स अग्रसर देखिन्छ ।
कम्पनीले दाबी दिन सुरु गरिसकेको छ र बाँकी दाबीका लागि समेत क्षती मूल्यांकनकर्ताहरुलाई छिटो प्रतिवेदन बुझाउँन निर्देशन दिएको छ ।
यस अघि पनि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले दाबी भुक्तानीलाई छिटो छरितो बनाउन एवम् सरल र सहज ढंगले दाबी भुक्तानीको प्रकृया अघि बढाउने गरेको कुरा बीमित स्वयम र कम्पनीलाई नजिकबाट नियाल्नेहरुले सुनाएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुले एक पटक बीमाशुल्क लिएर सामान्यता एक वर्षका लागि बीमा गर्ने गर्छन् । त्यस्तो अवधि समाप्त भए पश्चात बीमितहरुले आफ्ना घर, गाडी, सवारी लगायतका सम्पत्तीको बीमालाई फेरी नविकरण गर्नु पर्ने हुन्छ ।
जबकी जीवन बीमा अन्तर्गत एकै पटक धेरै वर्षलाई तोकेर बीमा गर्न मिल्ने व्यवस्था हुन्छ । निर्जीवन बीमा कम्पनीहरुले लिने बीमाशुल्क नियामक निकाय श्री बीमा प्राधिकरणबाट तोकिए बमोजिम बीमांकको अनुपातमा निर्धारण भई बीमालेख जारी गर्ने गर्छन् ।
अहिले क्षती भएका सम्पूर्ण सम्पत्तीहरुको बीमा गरिएको छैन । जति सम्पतीहरुको बीमा गरिएको छ ती क्षतीहरुको भुक्तानी बीमा कम्पनीबाट प्राप्त हुन्छ भने बीमा नभएका सम्पत्तीमा भएका क्षती आफै व्यहोर्नु पर्ने देखिन्छ । तसर्थ यस परिस्थितीले सर्वसाधारण सबैलाई आफ्नो सम्पत्तीको सुरक्षा गराउनु पर्ने कुरा महशुस गराएको छ ।