
प्रधानमन्त्री कार्कीको सिफारिसमा बनेका ५ मन्त्रीको शपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जनालाई मन्त्रीका लागि नाम सिफारिस गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, महावीर पुन, अतिरिक्त सचिव डा. संगिता मिश्रा र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी हुन् । सिफारिस गरिएका ५ जना मन्त्रीको शपथ आज हुने बताइएको छ ।
प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, डा. मिश्रलाई स्वास्थ्य, सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिने भएकी छन् ।
यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि ११ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने बताएकी छिन् ।
कार्कीको नेतृत्वमा बनेको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ ।


