

जेनजी आन्दोलनमा भवन, सवारी नष्ट हुँदा बीमा कम्पनीहरुलाई पौने २१ अर्बको दाबी पर्यो




काठमाडौं । गत हप्ता चलेको जेन्जी आन्दोनबाट भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा तोडफोड तथा आगजनीबाट हुन पुगे । सोही तोडफोडको क्षती बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको हो।
यता, नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको छ भने १ हजार ९८४ वटा बीमा बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको तथ्यांक सार्वजनिक गरिएको छ।