

जेन्जी आन्दोलनको दाबी-भुक्तानी यथासम्भव छिटो छरितो ढंगले गर्नु : बीमा प्राधिकरण




काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिरकणले बीमा कम्पनीहरुलाई जेन्जी आन्दोलनमा क्षती भएका संरचनाहरुको छिटो छरितो ढंगले भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै सो निर्देशन दिएको हो ।
प्राधिकरणको पत्रमा सम्पूर्ण निर्जीवन तथा लघू बीमक कम्पनीहरुलाई पत्र काटिएको छ । निर्जीवन बीमा कम्पनीहरुले व्यक्तीको जीवन बीमा बाहेकका अन्य बीमा जस्तै भवन, गाडी, सर सामाग्री आदीको बीमा गर्छन् । पछिल्लो समय देखिएको क्षत्री पनि मुख्य रुपमा नै भौतिक रुपमा नै देखिएकाले बीमा प्राधिकरणले सोही कम्पनीहरुलाई लक्षित गर्दै पत्र काटेको हो ।
हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । उनीहरुले कुनै पनि घर, भवन वा गाडीको वार्षिक रुपमा बीमा गर्ने गर्छन् । भनाईको मतलब तपाई हामीले निर्जीवन बीमा गर्दा उनीहरुलाई वार्षिक रुपमा बीमाशुल्क बुझाउँनु पर्छ । बीमा अवधि पूरा भएपछि फेरी त्यसको नविकरणका लागि अर्को एक साललाई शुल्क बुझाउँनु पर्छ । त्यसको उदाहरणको लागि हामीले गर्दै आएको सवारीको तेस्रो पक्ष बीमा थर्ड पार्टी इन्स्योरेन्सलाई पनि लिन सक्छौं ।
यस्तो छ विज्ञप्ती :