

दि ओरियन्टल इन्योरन्स कम्पनीद्धारा बीमा दाबी सम्बन्धमा बिमितलाई अनूरोध




काठमाडौं । हाल देशभरको प्रतिकूल परिस्थितिमा दि ओरियण्टल इन्योरन्स कम्पनीले मानविय क्षति, सार्वजनिक सम्पत्तिको क्षति प्रति गहिरो दू:ख व्यक्त गर्दै मृतकका परिवारजनप्रति गहिरो समबेदना ब्यक्त गरेको छ । । त्यसरी नै कम्पनीले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको हो ।
हालको असहज परिस्थितिको कारण सिर्जना भएको व्यक्तिगत धनजनको क्षतिप्रति आफ्ना ग्राहकहरुलाई कम्पनीद्धारा ऐकबद्धता व्यक्त गरिएको छ । बिगतका दशकौंदेखि नेपाली जनताको सेवामा कार्यरत यस कम्पनीबाट बिगत समयमा पनि भूकम्प, बाढी पहिरो लगायत अन्य प्राकृतिक प्रकोपको कारण भएका क्षतिको दाबि भूक्तानी सरल तथा शिघ्र रुपमा हूदै आईरहेको जानकारी गराइएको छ । सदा झै यस कठिन समयमा पनि आफ्ना बिमितहरुको सम्पत्तीमा पूग्न गएको क्षतिको दाबि भूक्तानी गर्न यस कम्पनी पूर्ण रुपमा सक्षम रहेको जानकारी गर्दै बीमा दाबी सम्बन्धि केही भ्रमयूक्त समाचार सम्प्रेषण भएमा पछि नलाग्न कम्पनीले हार्दिक अपिल गरेको छ ।