

सरकारी निर्णयको विरुद्ध ओझा पुगे सर्वोच्च




काठमाडौं । नेपाल बीमा प्राधिकरणमा किर्ते काजगात बनाएर फर्जी नियुक्ती लिएको आरोप लागेका शरद ओझा सर्वोच्च गुर्हान बाध्य भएका छन् । उनी सरकारले आफुलाई बीमा प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सर्वोच्चमा पुगेका हुन् ।
यता, उनै ओझाले आफुलाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न माग गरेको अवस्था छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तिरम आदेश जारी गरेको बेलामा यो सँगै अदालतले दुबै पक्षलाई लागि छलफलमा डाकेको छ।
सरकारले ओझालाई बर्खास्त गरेर नयाँ अध्यक्षको आवेदन माग खुलाएर १४ जना आवेदक इच्छुक देखिएको बेलामा भदौ २ गते मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको ओझा अहिले अदालत धाउन सुरु गरेका हुन् ।
यद्यपी उनले समयमै राजीनामा बुझाएको सरकारलाई छानविन गर्न सहज हुने आवाज यस अघि पनि बीमा क्षेत्रमा नउठेको भने होइन ।