

बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन




काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन् ।
अर्थ मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । जसमा १४ जनाले आवेदन दिएका हुन् ।
अध्यक्षका लागि ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, बिष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित, रमेशकुमार भट्टराई, भक्तपुरका पारस काफ्ले र महेश्वर न्योपानेले आवेदन दिएका छन् ।
यस्तै कास्कीका डा. दामोदर बसौंला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङगका देवकुमार ढकाल, लमजुङका डा दिपकबहादुर पण्डित र दाङका यज्ञप्रसाद न्यौपानेले आवेदन दिएका छन् ।