

शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी लिन अनुरोध




काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ जेठ १६ गतेदेखि भदौ १५ गतेसम्म परेका दावीमा आवश्यक कागजात उपलब्ध गराई बीमा दावी भुक्तानी लिन आग्रह गरेको हो ।
कम्पनीले आवश्यक कागजातहरु विभिन्न स्थानमा रहेका शाखा कार्यालय, प्रादेशिक कार्यालय तथा केन्द्रिय कार्यालयर र तोकिएका सर्भेयरलाई उपलब्ध गराउन सकिने व्यवस्था मिलाएकोे जनाएको छ । शिखर इन्स्योरेन्सले दावी परेर पनि भुक्तानी नलिएका बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भुक्तानी लिएर दावी फछ्र्यौटमा सहयोग गरी दिन आग्रह गरेको छ ।