

उपकार लघुवित्तको झण्डै दुई लाख कित्ता शेयर बिक्रीमा




काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, काठमाण्डौ थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको छ ।