
मेट लाइफ लगातार दोस्रो पटक Great Place to Work बाट सम्मानित

काठमाडौं । मेट लाइफ लगातार दोस्रो पटक Great Place to Work बाट सम्मानित भएकाे छ । नेपाल अब आधिकारिक रूपमा विश्वभरका ३४ वटा MetLife कार्यालयहरूसँगै लगातार दोस्रो पटक Great Place to Work® मान्यता प्राप्त गर्न सफल भएकाे हाे ।
‘हाम्रो कर्मचारीहरूले आफ्नो अनुभव सँगालेर मेट लाइफ उत्कृष्ट कार्यस्थल हो भनेका छन्–यो उपलब्धि हाम्रो संयुक्त विश्वास, उद्देश्य, र समावेशी कार्यसंस्कृतिको प्रमाण हो । यो सफलताका लागि हामी सबै कर्मचारीहरूप्रति आभारी छौं,’ कम्पनीले भनेकाे छ ।

