

जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने बिहीबार अन्तिम दिन




काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०ः६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।