
नेप्सेले अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको सूचीकरण फुकुवा गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको सूचीकरण फुकुवा गरेको छ ।
नेप्सेका अनुसार हाईड्रोपावरले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरे पछि नेप्सेले कम्पनीको धितोपत्र कारोबार स्थगन गरेको थियो ।
भदौ १७ गते कम्पनीले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गरेपछि सूचीकरण फुकुवा गरेको हो ।
कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगन गरेको जनाएको छ ।


