

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त




काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्माङ्क कार्कीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि संचालकमा नियुक्त गरेको हो ।
काठमाण्डौ बुढानिलकण्ठ निवासी कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट कम्पनीको व्यवस्थापन र दीर्घकालीन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।