

विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उपशाखा कार्यालय उद्घाटन




काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मोरङ जिल्लाको विराटनगर–३, कञ्चनवारीमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीका मुख्य कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउन्तर समेत गरी कार्यालयहरूको कुल संख्या ३५ पुगेको छ ।
धनगढी–३, कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले देशका विभिन्न स्थानमा आफ्नो उपस्थितिलाई तीव्र गतिमा विस्तार गर्दै आएको छ । सो अवसरमा आयोजित कार्यक्रममा नियामक निकाय नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रीति देवले पानसमा वत्ति बालेर विराटनगर उपशाखाको उद्घाटन गरेकी छिन् ।
सोही क्राममा उनले मन्तव्य व्यक्त गर्दै भनिन्, ‘अस्ति भर्खर अनुमति प्रदान गरेको जस्तो लाग्छ । यति छोटो समयमा नै प्रोटेक्टिभ माइक्रोले ३५ वटा कार्यालयहरु स्थापना गरी कार्य प्रारम्भ गरेकोमा गर्व महशुस भएको छ । विगतका दिनमा के भयो भन्ने भन्दा पनि अवका दिनमा अस्वस्थ प्रतिस्पर्धा नगरी कार्य गर्न सबै बीमा कम्पनीलाई सुझाव दिन चाहन्छु । यसका लागि नियमनकारी निकायको तर्फबाट मार्गदर्शन गर्न हामी तयार छौ। साथै यस कम्पनीले आफ्नो लक्ष्यअनुरूप लक्षित वर्गसम्म पुगेर सेवा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
सोही क्रममा कम्पनीको तर्फबाट सहभागी सबैलाई धन्यवाद दिदै कम्पनीका सहायक प्रवन्धक टेक प्रसाद गुरागाईले कम्पनीको चिनारी सहित लघुबीमा मार्फत नेपाल सरकारले परिकल्पना गरेको उद्देश्य प्राप्ति गर्न सधै प्रतिवद्ध रहेको व्यहोरा जानकारी गराए ।
उद्घाटन कार्यक्रममा कम्पनीका वित्त विभाग प्रमुख दिपेश कुमार श्रेष्ठ, प्रशासन विभाग प्रमुख टेक प्रसाद गुरागाई तथा अन्य पदाधिकारीहरु, स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, पत्रकार, स्थानिय लगायतको उपस्थितिमा नयाँ उपशाखाको औपचारिक शुभारम्भ गरिएको थियो ।
वि सं २०७९ मा स्थापना भएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले देशका दुर्गम तथा ग्रामीण भेगसम्म पुग्ने लक्ष्यसहित बीमा सेवा पुर्याउँदै आएको छ । कम्पनीले यसअघि नै पूर्वमा पाँचथरको फिदिम देखि पश्चिममा दार्चुलाको खलंगा सम्म नै विभिन्न जिल्लामा शाखा तथा उपशाखा विस्तार गरी सर्वसाधारणलाई बीमा सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ ।