


ट्रस्ट माइक्रो इन्स्योरेन्स र सेल पेको साझेदारी




काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रा.लि. बीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमाशुल्क सम्बन्धी सम्पुर्ण जानकारी अनलाइन मार्फत सेल पे ले उपलब्ध गराउनेछ । सेल पे मार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइ सकेपछि ग्राहकहरुले सेल पे बाट बीमा पोलिसीको लागि अनुरोध गर्नसक्नेछ र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. ले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउनेछ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।
यस कदमले डिजिटल माध्यम मार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । यस सम्झौता तथा सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगो रूपमा फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।
ट्रस्ट माइक्रो इस्स्योरेन्सले हाल सम्म मोटर, सम्पति, दुर्घटना बीमा सेवा उपलब्ध गराउँदै आएको छ र कृषि बीमा सेवा पनि उपलब्ध गराउने प्रकृयामा रहेको छ ।