

बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्दै




काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले भदौ १५ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो ।
बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् ।
साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ