

सर्लाहीको हरिपुरमा शिक्षकलाई गोली हानियो




काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकलाई तोकेर गोली हानिएको छ। त्यसरी गोली चलाउनेहरु मोटरसाइकलमा आएको बुझिएको छ ।
हालसम्म कसले गोली चलाएको हो ? भने खुल्न सकेको छैन । एक्कासी अज्ञात समूहको गोली प्रहारबाट शिक्षक माथि गोली चल्नु आफैमा सामान्य घट्ना भने होइन ।
भनिन्छ शिक्षकहरु आफुहरु मैनबत्ती झैं जलेर आफ्ना विद्यार्थीहरुको भविष्यको लागि खटिरहन्छन् । अझ विश्वमा सबैभन्दा ह्वाईट मनी सफा परिश्रमको पैसा खाने पेशाको रुपमा शिक्षण पेशालाई नै लिइन्छ ।
नेपालमा समेत अन्य पेशाको तुलनामा शिक्षण पेशामा शिक्षहरुको तलब सुविधा उत्पात धेरै छ भन्न सकिने स्थिती छैन । केही दिन अघि मात्रै देशभरका शिक्षकहरुले आफ्नो सेवा सुविधाका विषयलाई लिएर राजधानीमा एक साथ लामो समयसम्म प्रदर्शन गरेका थिए ।
खुला बोर्डर, साक्षारता दर कमको स्थान, असुरक्षा र हिंसाका घट्ना एवम् विभिन्न कुप्रथाले ग्रस्त रहेको तराई क्षेत्रमा सरकारले समेत गतिला नीति ल्याएर जनतालाई दिन रात सुरक्षा दिन जरुरी देखिएको छ ।