

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १२.५३ प्रतिशत घट्यो




काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवमा यस कम्पनीको नाफा १२.५३ प्रतिशतले घटेर ४० करोड ३२ लाख ६ हजार रुपैयाँ कायम भएको छ । यस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षमा ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा यस कम्पनीको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत आवमा यस कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसा घटेर १५ रुपैयाँ ३७ पैसा कायम भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ । यस कम्पनीको मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ।
गत आवसम्म यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ र विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ।