

बागमतीका मेयर भरत थापा दोषी ठहर




काठमाडौं । सर्लाही बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको विषेश अदालतको ठहर छ ।
यता, अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासबाट ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नोक्सानी पुगेको फैसला सुनाइएको हो ।
अब त्यस्तो निर्णय बाहिरीएसँगै १ वर्ष कैद सजाय र बिगो माग बमोजिमको ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना समेत माग गरिएको छ।
फैसला अनुसार ‘प्रतिवादी भरतकुमार थापा र निजका एकासगोलका अन्य प्रतिवादीहरूको समग्र आय व्ययको सम्बन्धमा मूल्याकंन गर्दा कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिन आई कूल आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी देखियो।’
त्यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूर गरेको ठहर गर्दै सोही दफा २० को उपदफा २ बमोजिम एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने भएको हो । विमल कुमार पोखरेल र सागर पौडेलले समेत तालका क्रममा भ्रष्टाचार गरेको सुनाएको हो ।
यस्तो निर्णय बाहिरीएको बेलामा विशेष अदालतबाट यही साउन २९ गते पेसी समेत तोकिएको छ।