

नेपाल पुनर्बीमा कम्पनीले हकप्रद निष्कासन गर्ने




काठमाडौं । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन नेपाल पुनर्बीमा कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औँ बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एवं व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउन अर्थ मन्त्रालयको स्वीकृत लिएर १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको उल्लेख छ ।
उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृत गराइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।