

बढी पहिरोका कारण ४ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध




काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । केही राजमार्ग भने एकतर्फी रुपमा सञ्चालन भएका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा जिल्लामा कोशी राजमार्ग, पाँचथर जिल्ला फिदिम ४ र हिलिहाँङ गाउँपालिका–७ स्थित मेचि राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।
यस्तै रसुवा जिल्ला गोसार्इकुण्ड ५ क्लब डाँडा स्थित पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । यस्तै रूकमु पश्चिम जिल्ला अठबिसकोट ६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी कर्रिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
यस्तै काठमाडौं जिल्ला काठमाडौं टोखास्थित काठमाडौं– नुवाकोट सडकखण्ड एकतर्फी सुचारू भएको छ । बागलुङ जिल्ला बागलुङ–१० दब्ल्याङ स्थित कालिगण्की करीडोर एकतर्फी सुचारू भएको छ । नवालपरासी जिल्ला गैडाकोट ३ तरङखोला स्थित कालिगण्डकी एकतर्फी सुचारू भएको छ भने रोल्पा जिल्ला सोहि परिवर्तन ५ ग्रामजिम स्थित सहिद राजमार्ग सुचारू भएको छ ।