
नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता रकम तोकिएको समयभित्र भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गर्ने जनाएको छ।
नेपाल टेलिकमले नजिकको दूरसञ्चार कार्यालयमा गई उक्त अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकलाई आग्रह गरेको छ। साथै, कम्पनीलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम नतिर्ने ग्राहकहरूको नाम–नामेसीसहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाउने जनाएको छ।


