
सेयर बजारमा सामान्य वृद्धि, कारोबार ४ अर्ब ४० करोड माथि

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार घटेको बजार आज भने बढेर बन्द भएको हो ।
दुई दिनको गिरावटमा ब्रेक लागेको बजार ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने १२२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले घटेर ४६७.३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सामान्य अंकले बढेको दिन सेयर बजारमा ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
आज ३५० कम्पनीका १ करोड ६७ हजार ७३२ कित्ता सेयर ६१ हजार २८६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको काारेबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

