

निरन्तर महङ्गीदै सुनको मूल्य, आज प्रतितोला कति ?




काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।