

गत आवमा आयात भयो २ खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ




काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा धेरै आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ परेको छ । यस अवधिमा सरकारले २ खर्ब ५५ अर्ब ४७ कराेड ५२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।
यस अवधिमा पेट्रोल ६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबरको आयात भएको छ । यसैगरी, डिजेल १ खर्ब २८ अर्ब ७६ कराेड १६ लाख रूपैयाँ बराबर आयात भएकाे छ । यसैगरी, खाना पकाउने ग्यास ६२ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।