

एक वर्षमा साढे २४ करोड माथिको चुईगम आयात




काठमाडौं । नेपालीले एक वर्षमा २४ करोड ६४ लाख ३३ हजार रुपैयाँको चुइगम चपाएका छन् ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा २४ करोड ६४ लाख ३३ हजार रुपैयाँको ४ लाख ७६ हजार १२२ किलो चुइगम आयात गरेको हो । उक्त चुइगम आयात हुँदा राज्यले २० करोड १९ लाख १२ हजार रुपैयाँ राजस्व पाएको छ।
विभागका अनुसार नेपालमा १५ देशबाट चुइगम आयात हुने गरेको छ । नेपालमा सबैभन्दा बढी चुइगम आयात भारतबाट ४ लाख ५५ हजार ४८८ किलो आयात भएको छ । नेपालमा चीन, हङकङ, इन्डोनेशिया, आयरल्याण्ड, नेदरल्याण्ड, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड, टर्की, बेलायत, अमेरिका, भियतनामबाट चुइगम आयात भएको छ ।