

अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकियो




काठमाडौं । श्रमिकहरुको तलब सम्बन्धि नयाँ व्यवस्था लागू हुने भएको छ । त्यसरी गरिएको नयाँ व्यवस्थामा नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ तोक्ने सहमति गरेका हुन्।
त्यस्तो समहति आजै बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा तय भएको मन्त्रालयले जानकारी दिएको छ।
त्यसरी नै श्रम ऐन, २०७४ को दफा १०७ मा नै प्रत्येक २ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था रहेको र यसअघि श्रमिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ रहेको बताइएको हो।
जारी गरिएको नयाँ व्यवस्था आजदेखि लागु हुने गरी भएको सहमतिअनुसार मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० र महंगी भत्ता सात हजार ३८० रुपैयाँ पुगेको बेलामा मन्त्रालयले श्रमिकले दैनिक आधारभूत पारिश्रमिक ४ सय ७० रुपैयाँ र महंगी भत्ता २ सय ८४ रुपैयाँ पाउने बताएको छ । सोही मजदूरहरुले प्रतिघण्टा आधारभूत पारिश्रमिक ६३ रुपैयाँ र महंगी भत्ता ३८ रुपैयाँ पाउनेछन्।
फेरी आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ हुने बताइएको बेलामा सोही सहमति चिया बगानबाहेकमा श्रमिकको हकमा लागु हुने सूचना मन्त्रालयले आज नयाँ आर्थिक वर्ष २०८२।८३ को पहिलो दिन सार्वजनिक गरेको हो ।