

बालेनले डाके कार्यपालिकाको बैठक




काठमाडौं । काठमाडौँ महानगरपालिकाले कार्यपालिका बैठक डाकेको छ। सो बैठक भोलि शुक्रबार दिउँसो २ बजेलाई डाकिएको हो ।
निर्धारित समय अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ तालिका रहेकोमा दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने जनाइएको छ।
यता, सोही महानगरका मेयर बोलेन्द्र शाह तथा जनप्रतिनिधिबीच कतिपय कुरामा तालमेल नमिलेकै कारण विगत लामो समयदेखि बैठक बस्ने वातावरण बनेको थिएन । अब भने भोलि ६ महिना पछि कार्यपालिका बस्ने भएको छ ।
अरु महानगरले आफ्नो वार्षिक बजेट प्रस्तुत गरिसकेको बेलामा काठमाडौंको बजेट भने प्रस्तुत हुन नसकेको अवस्था छ ।