

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले भने-नयाँ स्टकलाई लाइसेन्स दिनुपर्छ




काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोन का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले फेरी पनि स्टक एक्सचेञ्जलाई लाईसेन्स दिनु पर्नेमा जोड दिएका छन् ।
अध्यक्ष श्रेष्ठले यस अघि पनि सोही लाइसेन्सको विषय उठाएका थिए । बिहीबार अर्थ समितिमा आयोजित बैठकमा बोल्दै श्रेष्ठले अब नयाँ स्टकलाई लाईसेन्स दिन ठिक समय आईपुगेको उनले सुनाए। सोही अवस्थाको बारेमा आफूले बुझ्दा अब समय ठिक रहेको भन्ने विचार उनले प्रस्तुत गरेका हुन् ।
उनले भने, म अध्यक्ष बन्दासम्म धेरै प्रकृया अघि बढेको थियो । बिचमा रोकिएको थियो’ श्रेष्ठले थपे, ‘नेपाल सरकारले मलाई जे निर्देशन दिएको छ त्यो अनुसार अघि बढेको छ । त्यो अनुसार काम गरेको छु ।’ उनले आफ्नो दायित्व पनि त्यही भएको बताए ।
नयाँ स्टक एक्सचेञ्जको विषयमा धेरै पहिलादेखि अध्ययन भइरहेको समेत उनले जानकारी गराए । हाल सोही विषयमा समेत बजारमा विभिन्न टिका टिप्पणी सुरु भएको अवस्था छ ।