

इरान र प्यालेस्टाइनको पक्षमा १२ दलले भोलि काठमाडौंमा प्रदर्शन गर्दै




काठमाडौं । भोली राजधानी काठमाडौंमा जुलुस प्रदर्शन हुने भएको छ । तयारी गरिएको सो जुलुसमा इरान र प्यालेस्टाइनमाथिको आक्रमण विरुद्ध भोलि असार २७ गते प्रदर्शनी मार्ग काठमाडौंमा दिउँसो साढे १ बजे १२ राजनीतिक दलबाट प्रदर्शन हुनेछ ।
सोही जुलुस प्रदर्शनमा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्यूनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी नेपाल, क्रान्तिकारी कम्यूनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, नेकपा बहुमत देशभक्त समाजवादी स्कूल र संवाद डबली सहभागी हुने भएका छन् ।
साथै, भोली हुने जुलुसमा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपाका अध्यक्ष महिन्द्र राय यादव, राजमोका अध्यक्ष चित्रबहादुर केसी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्रान्तिकारी कम्यूनिष्टका नेता सीपी गजुरेल लगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।