

११ महिनामा ७.७ प्रतिशतमात्र कर्जा लगानी




काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा राष्ट्र बैंकले लक्ष्यको ७.७ प्रतिशतमात्र कर्जा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.५ प्रतिशत बिन्दुले कर्जा लक्ष्य राखेको थियो । तर, राष्ट्र बैंकले लक्ष्यको ७.७ प्रतिशत बिन्दुलेमात्र कर्जा लगानी भएको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–०८२ मा कर्जा लगानी तर्फ राखेको लक्ष्य पुरा गर्ने समय अवधि अब एक महिना बाँकि छ । असार मसान्तभित्र बैंक तथा वित्तीय क्षेत्रले लक्षित कर्जा लगानी गरिसक्नु पर्ने हुन्छ । तर, उक्त लक्ष्य पुरा नहुने देखिएको छ । राष्ट्र बैंकले राखेको लक्ष्य अनुसार कर्जा लगानी हुनको लागि ४.८ प्रतिशत बिन्दु अर्थत राष्ट्र बैंकले राखेको लक्ष्यको ३८ प्रतिशतको हाराहारीमा कर्जा लगानी हुनुपर्ने हुन्छ ।
यस अवधिमा सबैभन्दा धेरै कर्जा लगानी आयातमा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको ११ महिनामा ‘ट्रस्ट रिसिप्ट तथा आयात’ तर्फको कर्जामा लगानी भएको छ । यस क्षेत्रमा जाने कर्जा यस अवधिसम्म आउदा ६२.२ प्रतिशतले बढेको छ । चालु आवको ११ महिनामा यस क्षेत्रमा ५१ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी भएको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म यस क्षेत्रमा हालसम्म यस क्षेत्रमा ५ अर्ब ३१ करोड ५ लाख रुपैयाँमात्र कर्जा लगानी भएको थियो । हालसम्म यस क्षेत्रमा समग्र कर्जा लगानी १ खर्ब ३४ अर्ब ३९ करोड १८ लाख रुपैयाँ भएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको ११ महिनासम्म बिल खरिद तर्फको कर्जा लगानी ४६.९ प्रतिशतले बढेको छ । सरकारले चालु आवको ११ महिनामा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँ बराबरको बिल खरिद गरेको छ । यस अवधिसम्म सरकारले समग्रमा ११ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरको बिल खरिद गरेको छ ।
यसैगरी, चालु आवको ११ महिनासम्म सेयर धितोकर्जा पनि बढेको छ । यस क्षेत्रतर्फ जाने कर्जा ४२.८ प्रतिशत बढेको छ । यस अवधिसम्म यस अवधिमा ३८ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।
यस अवधिमा ट्रम लोन ५.१ प्रतिशत बढेको छ । ११ महिनामा यस क्षेत्रमा ९८ अर्ब ७१ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यस अवधिमा क्यास क्रेडिट लोन सामान्य बढेको छ । यस अवधिमा यस्तो कर्जा ०.६ प्रतिशत बढेको हो । चालु आवको ११ महिनामा यस क्षेत्रमा ३ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ बराबरको कर्जा लगानी भएको छ ।
यसैगरी, डिमान्ड एण्ड अदर ओर्किङ क्यापिटल लोन १७.९ प्रतिशत बढेको छ , चालु आवको ११ महिनामा यस्तो खालको कर्जा १ खर्ब २९ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ लगानी भएको छ ।
यसैगरी, आवासीय व्यक्तिगत घर कर्जा ६ प्रतिशत बढेको छ । ११ महिना यस्तो कर्जा २३ अर्ब ५ करोड २४ रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । रियल स्टेट लोन तर्फ पनि ३.६ प्रतिशत लगानी बढेको छ । यस क्षेत्रमा चालु आवको ११ महिनामा ९ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
हायर पर्चेज लोन यस अवधिमा ५.५ प्रतिशत बढेको छ । यस्तो कर्जा चालु आवको ११ महिनामा ६ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबरको लगानी भएको छ । अन्य उत्पादन क्षेत्र तर्फ लगानी १५.८ प्रतिशतले बढेको छ । यस क्षेत्रमा चालु आवको ११ महिनामा ७३ अबृ ६२ करोड ६८ लाख रुपैयाँ लगानी भएको छ ।
यस अवधिमा ओभर ड्राफ्ट र डिप्राइड सेक्टर तर्फको कर्जा लगानी भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ओभर ड्राफ्ट तर्फको कर्जा लगानी १३.२ प्रतिशत घटेको छ भने डिप्राइड सेक्टरको कर्जा लगानी ८ प्रतिशत घटेको छ ।