
सुन १७ सय र चाँदी ११५ रुपैयाँले महंगियो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ७०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले महंगो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइहरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३५ रुपैयाँ रहेको थियो ।


