
एनआइएमबि एस क्यापिटलको लाभांश घोषणा, साधारणसभा पनि आह्वान
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । क्यापिटलको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
क्यापिटलले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार १४ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा बिहान साढे ११ बजे बस्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यसैगरी आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको अनुदान रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गरिनेछ ।


