

त्रिविको उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त




काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याललाई नियुक्त गरिएको छ। यता, कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनै अर्याललाई उपकुलपतिमा नियुक्ती दिएका हुन्।
त्यस्तै, शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिका लागि दिपक अर्याल सहित खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको जनाइएको छ।
सोही तीन जना मध्येबाट कुलपति एवं प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व प्रमुख समेत रहेका दिपक अर्याललाई उपकुलपतिको पदमा नियुक्त गरिएको हो । त्रिविमा गएको चैत १५ गते प्रा.डा. केसरजंग बरालले उपकुलपति पदबाट बाहिरीएसँगै खाली रहेको पदले अब पूर्णता पाएको छ ।