

बढ्यो सुनको मूल्य




काठमाडौँ । साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ । उक्त सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको बेलामा हिजो भने तोलामा १ लाख ९२ हजार रुपैयाँमा किनबेच भइरहेको थियो ।
साथै, सुनको मूल्य बढेको बेलामा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो।