

बजेटको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिए




काठमाडौं ।सरकारले आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट वक्तव्यमा गरेको विरोध गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनमा उत्रिने घोषणा गरेको अवस्था छ। उनीहरुले बजेटमा समेटिएका अब्यवहारिक कर नीति विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ देशभरका सुनचाँदी तथा हस्तकला ब्यवसायीका संघीय महासंघ हुन् ।
त्यस्तै, सरकारले आव २०८२र०८३ को बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेको भन्दै आन्दोलनको घोषणा गरेका छन् । महासंघ असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने र जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने जनाएको छ ।
यस्तै काठमाडौंमा वृहत र्याली सहित विरोध सभा गर्ने जनाएको छ । सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूर्ण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघद्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने जनाएको छ । महासंघले नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँधेर आन्दोलनमा होमिने भएको छ ।
अव्यवहारिक कर नीति बारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने जनाएको छ । अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने र जनप्रतिनिधि जवाफदेही कार्यक्रम आयोजना गर्ने जनाएको छ । सरकारले बजेटमा गरेको व्यवस्था लागु भएमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो ब्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित रहेको जनाएको छ ।
महासंघका माग प्रति निजी क्षेत्रका छाता संगठन, उपभोक्तावादी संस्थाहरुले समेत एक्यबद्धता जनाएका छन् । बजेटको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका प्रमूख नेता, नियमनकारी निकायमा समस्याको बारेमा अवगत गराउनुको साथै तत्काल समस्या समाधानको वाटो खोज्न आग्रह गरिएको थियो । राष्ट्रिय सभाको उपभोक्ता हित उपसमिति, संघीय सम्सदको अर्थ समिति, पूर्व अर्थमन्त्री लगायत सवै पक्षबाट सकारात्मक प्रतिकृया र हाम्रा मागलाई सम्वोधन गर्ने प्रतिवद्धता भएको परिप्रेक्ष्यमा महासंघका तत्कालिन अवस्थाका सवै संघर्ष र आन्दोलनका कार्यक्रम स्थगन गरी रचनात्मक कार्यक्रम र छलफल तथा सम्वाद वाट समस्या समाधानका लागि समेत निरन्तर लागि रहेको छ ।
सरकारले ब्यवसायीका जायज मागलाई सम्वोधन गर्न तदारुकता नदेखाएको र निर्णयक पहलकदमी नभएको हुँदा हाम्रा मागहरु पुरा नभएसम्म हामी चरणवद्ध रुपमा आन्दोलनमा जान बाध्य भएका छौं । साथै, यसका लागि दुवै महासंघको तर्फवाट संयुक्तरुपमा, संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरिएको जानकारी गराउँदछौं । समितिको आयोजनामा राष्ट्रियरुपमा विरोध सभा तथा विरोध याली आयोजना गर्नुका साथै त्यसपश्चात निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै जाने र अनिश्चितकालिनरुपमा देशैभरका पसल ब्यवसाय बन्द गरी सडक आन्दोलन गर्ने निर्णण भएको जानकारी गराउँदै संयुक्त आन्दोलनको घोषणा गर्दछौं ।