

घट्यो सुनको मूल्य




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा आज सुनको मूल्य घट्न पुगेको छ । सोही दिन सुन तोलामा १७ सय रुपैयाँले घटेको हो।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको बेलामा हिजो भने १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
साथै, सुनको मूल्य घटेको दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कायम भएको हो ।