

घट्यो सुनको मूल्य




काठमाडौं । सुनको मूल्य घट्न पुगेको छ । मंगलबार तोलामा २ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन सुनको मूल्य तोलाको १ लाख ९५ हजार रुपैयाँमा खरिद ब्रिकी भइरहेको छ।
त्यसरी नै हिजो तोलामा सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो ।
चाँदीको मूल्यमा प्रतितोला २ हजार १ सय ६० रुपैयाँ कायम हुन पुगेको र आज सोही मूल्यमा किनबेच भइरहेको अवस्था छ ।