

हिमालयन लाइफको लाभांश सुरक्षित गर्न, आज अन्तिम मौका




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश सुरक्षित गर्ने अन्तिम दिनका रुपमा आज जेठ २७ लाई तोकेको छ । यसले आफ्ना लगानीर्ताहरुलाई सोही सूचना प्रवाह गरेको हो ।
लाइफ इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि जेठ २८ गते सेयरधनी दर्ता किताब बन्द बुक क्लोज गर्ने जनाएको छ भने आजसम्म नेप्सेमा कारोबार भई कायम रहोक सेयरधनीहरुले लाभांश हात पार्ने छन्।
कम्पनीले यही सभा असार १० गते आम्रपाली ब्यांक्वेट, नक्सालमा बिहान साढे १० बजे साधारण सभा सम्पन्न गर्नेछ भने सोही सभाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपयाँबराबरको ८ प्रतिशत नगद लाभांश करसहित प्रदान गरिने छ ।