
थाईल्याण्ड जाँदै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
काठमाडौ । आज विश्व बैंक समूह (World Bank Group) र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थ मन्त्री डा.स्वर्णिम वाग्ले थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्।
उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीय
बैठकमा र छलफलमा सहभागीता जनेछन्। बैठकमा सहभागी हुन अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल,अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जाने तालिका छ। अर्थमन्त्री डा.वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।


