
सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, १० ग्राम सुनको मूल्य दुई लाख ५० हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


