

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको आवेदन अवधि थपियो




काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गतको प्रभु क्यापिटलले जेठ २३ देखि निष्कासन तथा बिक्री खुला गरेको थियो । त्यस्तो, बिक्री सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ खरिदको गरिएको र सो को आवेदन थपिएको अवस्था छ। सुरुवाती चरणमा कम्पनीले जेठ २७ आजसम्म मात्रै आवेदन दिन पाउने व्यवस्था गरे पनि अब असार ६ गतेसम्मलाई आवेदन थपिएको जनाइएको हो।
हाल क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाइ बिक्रीमा ल्याएको छ भने खुलामुखी प्रकृतिको यस स्किमको कुल आकार भने ४ करोड इकाइको रहेको देखिन्छ।
त्यस्तै, कुल निष्कासनमध्ये ७।५ प्रतिशत अर्थात् ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंक र ७।५ प्रतिशत अर्थात् ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको बेलामा अन्य बाँकी रहेका २ करोड ५० लाख कित्ता इकाइ खरिदका लागि सर्वसाधारणले आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड तोकिएको छ भने हाल लगानीर्ताहरुबाट आवेदका लागि उत्साहजनक सहभागीता भने भएको पाइदैन ।