

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी सहित अन्य पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर




काठमाडौं । नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी लगायत अन्य पाँच जना विरुद्ध भ्रष्टाचारका मुद्दा दायर भएको छ। त्यसरी तीनवटा मुद्धा दायर गरिएको हो ।
यता, उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा तीनवटा फरक–फरक मुद्दा दायर गरेको बेलामा अधिकारीसँग ७४ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
त्यस्तै, रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएर भ्रष्टाचार गरेको भन्दै उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।
उक्त परियोजनामा एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले जनही १९/१९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।
त्यसैगरी तनहुँ आबुँखेरेनी-१ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस लिएको आरोपमा डा. अधिकारीसहित ६ जनाविरुद्ध अलग्गै मुद्दा दाय भएको छ । उक्त मुद्दामा प्रतिवादीहरूबाट जनही ५०/५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
साथै, हिमाल तराई कन्स्ट्रक्शन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । यस मुद्दामा दुवै प्रतिवादीबाट जनही पाँच, पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको हो ।